विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आज प्राधिकरणका उपकार्यकारी निर्देशक श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरेका हुन् ।
सरकारले ल्याएको अध्यादेशबाट कार्यकारी निर्देशक हीतेन्द्रदेव शाक्य पदमुक्त भएपछि श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३ २१:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

