Harsamaya
सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको समीक्षा, अपेक्षित परिणाम  प्राप्त हुन नसकेकोप्रति चिन्ता 
नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमिति बैठक ।

सिन्धुपाल्चोक- नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठन सुदृढीकरणमा जोड दिएको छ।

क्षेत्रीय कार्यसमितिद्वारा जारी प्रेस विज्ञप्तिमा निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेकोप्रति चिन्ता व्यक्त गरिएको छ। पार्टीले निर्वाचन अवधिमा आन्तरिक समन्वयको अभाव, व्यवस्थापनमा कमजोरी तथा संगठनात्मक चुनौतीहरू रहेको औंल्याएको छ।

विज्ञप्तिमा निर्वाचनमा खटिएका नेता, कार्यकर्ता, शुभेच्छुक तथा मतदाताप्रति आभार व्यक्त गरिएको छ। साथै आगामी दिनमा पार्टीलाई थप मजबुत बनाउन एकता, अनुशासन र जिम्मेवारीका साथ अघि बढ्न सबै पक्षलाई आह्वान गरिएको छ।

पार्टीले विगतका कमजोरीहरूको समीक्षा गर्दै संगठनलाई पुनः सशक्त बनाउने र आगामी निर्वाचनमा सकारात्मक परिणाम ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update