Harsamaya
पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
प्रधानमन्त्री नरेन्द्र मोदी ।

एजेन्सी - भारतको राजनीतिमा नयाँ मोड ल्याउने संकेतका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बङ्गालको विधानसभामा उल्लेखनीय अग्रता हासिल गर्दै लामो समयदेखिको विपक्षी गढ तोड्ने स्थितिमा पुगेको छ ।

प्रारम्भिक मत परिणामहरूले राज्यको सत्ता समीकरणमा ठूलो परिवर्तन आउने सम्भावना देखाएका छन् ।

भारतको निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको आंशिक नतिजाअनुसार २९४ सदस्यीय पश्चिम बङ्गाल विधानसभामा भाजपा कम्तीमा १२४ सिट जित्न सफल भएको छ भने थप ८३ सिटमा अग्रस्थानमा रहेको देखिएको छ । यसले राज्यमा पहिलोपटक भाजपा सरकार गठनको बाटो खुल्न सक्ने सङ्केत दिएको छ ।

पश्चिम बङ्गालमा अहिलेसम्म शासन गर्न नसकेको भाजपाले वर्षौंदेखि मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको अखिल भारतीय तृणमूल काङ्ग्रेस सरकारलाई विस्थापित गर्ने प्रयास गर्दै आएको थियो । सन् २०११ देखि निरन्तर सत्तामा रहँदै आएकी बनर्जी मोदीका प्रमुख आलोचकका रूपमा चिनिन्छन् । उनको राजनीतिक प्रभाव राज्यमा बलियो मानिन्थ्यो ।

तर यसपटकको निर्वाचन प्रक्रियामाथि विवाद पनि उब्जिएको छ । निर्वाचन आयोगले लाखौँ मतदातालाई मतदाता सूचीबाट हटाएको आरोप लगाउँदै विपक्षी दलहरूले चुनावको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन् । यसले राजनीतिक वातावरण थप तनावपूर्ण बनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update