Harsamaya
 इन्द्रावती -६ मा ढुण्डीराज कोइरालाको सभापतित्वमा रास्वपाको समिति गठन 
राष्ट्रिय स्वतन्त्र पार्टीको समिति गठन ।

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिका -६ मा स्थानीय तहको समन्वय, विकास तथा विभिन्न गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टीको समिति गठन गरिएको छ। शनिबार समिति कार्यक्रममा विभिन्न राजनीतिक तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

गठित समितिको सभापतिमा ढुण्डीराज कोइराला चयन भएका छन् भने उपसभापतिमा शुक्रमाया तामाङ र सचिवमा सीतकुमार मल्ल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा शंकर शाही, माधवप्रसाद कोइराला, लक्ष्मण थापा, बालकृष्ण बि.क., हरि राममगर तथा हेमनाथ आचार्य रहेका छन्।

नवगठित समितिले वडाको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा स्थानीय आवश्यकताअनुसार योजना निर्माण र कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि समितिसँग सहकार्य गर्दै वडाको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

गठन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकका सदस्य दोर्जे तामाङ, इन्द्रावती गाउँपालिका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उमेश अधिकारी लगायतका नेताहरूको उपस्थिति रहेको थियो। 

कार्यक्रममा सहभागीहरूले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै वडाको समृद्धि र विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update