Harsamaya
रास्वपा सचिवालयको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक बोलाएका छन् । 

बैठक आज बिहान १२ः३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, बैठकमा महाधिवेशन कार्यविधि २०८३ सम्बन्धको विषयमा र संसदीय दलको विधान संशोधन तथा अन्य विविध विषयहरूमा छलफल गरिनेछ ।

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update