Harsamaya
निजामती सेवा विधेयकको मस्यौदाः ३५ सय भन्दा बढी आयो सुझाव
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तर्जुमा गरिरहेको 'सङ्घीय निजामती सेवा विधेयक'को प्रारम्भिक मस्यौदामा सरोकारवालाहरूले चासो देखाएका छन् । मन्त्रालयका अनुसार मस्यौदा सार्वजनिक भएको छोटो अवधिमै हालसम्म तीन हजार पाँच सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषणहरू प्राप्त भएका छन् ।

संघीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्ने उद्देश्यले तयार पारिएको उक्त विधेयकको मस्यौदा गत वैशाख ११ गते मन्त्रालयको वेबसाइटमा प्रकाशन गरिएको थियो । मस्यौदा सार्वजनिक भएपछि कर्मचारी, सरोकारवाला निकाय र आम नागरिकबाट उत्साहजनक रूपमा सुझावहरू प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ ।

प्राप्त सुझावहरूलाई व्यवस्थित रूपमा संकलन, अध्ययन तथा विश्लेषण गर्न मन्त्रालयले प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यसमूह गठन गरेको छ । उक्त कार्यसमूहले प्राप्त राय-सुझावहरूको औचित्य र उपयुक्तताका आधारमा मस्यौदालाई परिमार्जन गर्ने कार्य गरिरहेको मन्त्रालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update