कांग्रेस केन्द्रीय कार्यसम्पादन र अनुशासन समितिको बैठक सोमबार
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गरी सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिए ।
उक्त बैठकमा सहभागी हुनका लागि समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको छ ।
यसैबीच सोमबार नै कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ ।
केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरले एक सूचना जारी गरी सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएको जनाएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३ १५:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

