Harsamaya
बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु
सांकेतिक तस्वीर : हर समय/Har Samaya

बाजुरा - बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर ६ बस्ने २८ वर्षका पदम ल्वारको भिरबाट लडेर मृत्यु भएको हो ।

सोही वडामा आफन्तको घरमा बिहे भोजमा गएका युवक सोही दिन घर फर्किन्छु भनी हिँडेका उनी बेलुका देखि सम्पर्कविहीन भएको थिए । खोजी कार्य गर्दा भीरको तल मृतक अवस्थामा भेटिएको प्रहरी जनाएको छ । मृतक ल्वारको शव अहिले पोस्ट मार्टमका लागि जिल्ला अस्पतालमा ल्याएको छ ।

यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update