Harsamaya
कांग्रेसको संसदीय दलको नेता टुंगो लागेन, भोलि फेरि बैठक बस्ने
सहमहामन्त्री प्रकाश स्नेही ।

काठमाडौं - नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि फेरि बस्ने भएको छ । आज बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि भोलि फेरि सहमतिको लागि बैठक बस्ने सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।

उनले भने, ‘दलको नेता चयनको लागि कार्य प्रारम्भ भएको छ । नेताको टुङ्गो मात्र नला आज दलको नेता टुङ्गिएन। हामी भोलि पनि दाबेदारहरूसँग छलफल गर्छौँ।’

दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update