Harsamaya
रास्वपाले  टुंगो लगायो सभापतिका उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको छ ।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो ।

बैठकमा मुख्य सचेतक र दुई जना सचेतक चयन गर्ने निर्णय गरेको छ । बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।

savapati-1776326323-1776331420.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update