काठमाडौं : बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा सवारी नियम उल्लंघन गर्ने १,७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५ जना, सिग्नल बत्ती उल्लंघन गर्ने १०२ जना र तीव्र गतिमा सवारी चलाउने ९३ जना चालकलाई कारबाही गरिएको हो ।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने १७९ जना, सार्वजनिक सवारी साधन असुरक्षित रूपमा सञ्चालन गर्ने ३८ जना, अनावश्यक रूपमा हर्न बजाउने ४६ जना तथा निर्धारित स्थानमा यात्रु चढाउने÷ओराल्ने नियम उल्लंघन गर्ने २० जना चालक पनि कारबाहीमा परेका छन् । अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १,०९३ जना समेत कारबाहीमा परेका छन् ।
कारबाहीबाट कुल ११ लाख ८४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरी राज्यकोषमा दाखिला गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

