Harsamaya

काठमाडौं - ज्ञानेन्द्र बहादुर शाहीले रास्वपाको सभामुख रवि लामिछानेले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि आफूहरुले उपसभामुख पदमा उम्मेदवारी दिएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदको उम्मेदवारी प्रस्तुत गर्दै उनले उपसभामुख पद आफूहरूको प्राथमिकतामा नरहेको बताए ।

उनले भने,‘उपसभामुखको पद हाम्रा लागि प्राथमिकता थिएन र छैन् पनि । तथापी संसदको ठूलो दलबाट नै प्रस्ताव आएपछि अन्य पूराना दल र हामी परिवर्तन खोज्ने राजनीतिक दलबीचको ध्रुविकरणको संभावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुंगोमा पुगेका थियौं । सभापतिको सहयोगको आश्वासन प्राप्त गरेपछि उपसभामुखमा उम्मेदवारी दिएका हौं । ’

उनले हिजो पूराना भनिएका दल र आज नयाँ भनिएका दलका साइनबोर्ड फरक भएपनि उनीहरूबीच नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको धाणा राखे ।

उनले भने,‘आजको हाम्रो उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता प्रष्ट पारेको छ । हिजो पुराना भनिएका दल र आज आज नयाँ भनिएका दलका साइन बोर्डहरु फरक भएतापनि उनीहरुबीचको नीतिगत सिद्धान्त र विचारको नाभी एकै ठाउँमा जोडिएको प्रष्ट भएको छ । संसदमा संख्या होइन भूमिका महत्वपूर्णं हुन्छ । संख्या त केवल सत्ता टिकाइराख्न र सत्ताको गोटी भरिरहन काम लाग्ने हो ।’

त्यस्तै उनले युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भने राजनीतिमा आश्वासन र धोका पनि जायज हुने बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update