Harsamaya
स्वास्थ्य  मन्त्रालयले भन्यो - आइतबार अस्पताल खुल्ने, कर्मचारीले सट्टा बिदा पाउने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा लागू भएपछि पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार लागू भएको दुई दिने सार्वजनिक बिदाको व्यवस्थाबीच स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी र निरन्तर बनाउन सम्बन्धित सबै निकायलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो।

निर्देशनअनुसार अस्पतालहरूले आइतबारका दिन आफ्नो कार्यभार र जनशक्ति हेरी ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ। यसका लागि कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन बिदा दिने व्यवस्था मिलाउन तथा आवश्यक परेमा सट्टा बिदा उपलब्ध गराउन भनिएको छ।

त्यस्तै, प्रादेशिक अस्पतालहरूमा पनि सोहीअनुसार सेवा सञ्चालन गर्न सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको छ।

मन्त्रालयले बिदाका कारण स्वास्थ्य सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको स्पष्ट पारेको छ।

669445604_26803496419256308_6480121474284231_n-1775800099.jpg

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update