सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न आदेश
काठमाडौं - व्यवसायी सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार अनुसन्धानका लागि उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि अग्रवाललाई अदालतमा पेस गरेको थियो । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार उनलाई बयानका लागि नियन्त्रणमा लिइएको हो ।
अग्रवाल शंकर ग्रुपका सञ्चालक हुन् । यसअघि उनका बुबा शंकर अग्रवाललाई भने बयानपछि विभागले रिहा गरिसकेको छ ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०८२ १७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

