Harsamaya
पूर्वमन्त्री दीपक खड्का थप सात दिन हिरासतमा रहने
पूर्वमन्त्री दीपक खड्का ।

काठमाडौं - पूर्वमन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइरहेको छ । यसअघि पनि अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका खड्कालाई नेपाल प्रहरीको सीआईबी टोलीले गत आइतबार बिहान पक्राउ गरेको थियो ।

भदौमा भएको ‘जेनजी आन्दोलन’का क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि घरभित्र नेपाली तथा विदेशी मुद्राका नोट जलेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

उक्त घटनापछि जलेको रकमको स्रोतबारे अनुसन्धान गर्न विभागले खड्काको घरबाट जलेका नोटका टुक्रा तथा खरानीसमेत संकलन गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update