चाँदीको मूल्य बढ्यो, सुनको मूल्य स्थिर
काठमाडौं - स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ । चाँदीको मूल्य तोलामा ५० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८३० कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार कायम भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२ ११:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

