Harsamaya
सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यमा मात्रै
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ।

काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी निकायहरूलाई सरकारी सञ्चारमाध्यममै मात्र विज्ञापन र सूचना प्रकाशन प्रसारण गर्न निर्देशन दिएको छ।

कार्यालयले बुधबार संघ, प्रदेश र स्थानीय तहका सबै निकायलाई परिपत्र जारी गर्दै आगामी दिनमा सरकारी स्वामित्वका सञ्चारमाध्यमबाहेक अन्यत्र विज्ञापन तथा सूचना नदिन स्पष्ट निर्देशन दिएको हो।

परिपत्रमा सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, विज्ञापन तथा सूचना प्रकाशन प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउने तथा सरकारी सञ्चारमाध्यमहरूको प्रवर्द्धन गर्ने उद्देश्य उल्लेख गरिएको छ।

साथै, २०८२ चैत १८ गतेको सचिवस्तरीय निर्णयअनुसार आफू र मातहतका सबै निकायमा उक्त व्यवस्था कार्यान्वयन गर्न गराउन आग्रह गरिएको छ।

pm-office_bCe6yHW1k8-1775109612.jpg

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update