सिन्धुपाल्चोक - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सिन्धुपाल्चोक जिल्लाबाट ३ हजार ८४३ विद्यार्थी सहभागी भएका छन् ।
नियमिततर्फ ३ हजार ३४४ र ग्रेडवृद्धितर्फ ४ सय ९९ जना विद्यार्थी सहभागी हुनेछन् । आजदेखि देशभर एकसाथ सुरु हुने परीक्षामा जिल्लाभर १८ वटा परीक्षा केन्द्र तोकिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका सूचना अधिकारी प्रकाश रानाभाटका अनुसार सबैभन्दा बढी विद्यार्थी जाल्पादेवी मावि बाहुनेपाटी केन्द्रमा सहभागी छन् । जुन केन्द्रबाट ३४८ जना विद्यार्थीले एसईई दिइरहेका छन् । त्यस्तै इन्द्रेश्वरी मावि मेलम्चीमा ३३४ र जनजागृति मावि साँगाचोकमा ३०२ विद्यार्थीले परीक्षामा सहभागी छन् ।
यस्तै कृष्ण रत्न गंगा मावि चौतारा केन्द्रमा २६९ विद्यार्थी सहभागी छन् भने यसै केन्द्रमा प्राविधिक धारतर्फ २०२ विद्यार्थीले पनि परीक्षा दिने रानाभाटले जानकारी दिए ।
अन्य केन्द्रहरूमा पनि ८९ देखि २४४ जनासम्म विद्यार्थी परीक्षामा सहभागी छन् ।

