काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बागमती प्रदेशको आगामी चुनावका लागि वेदबहादुर श्रेष्ठको नेतृत्वमा टिम सार्वजनिक गरिएको छ।
चैत्र २३ र २४ गते हुने प्रदेश सभालाई लक्षित गर्दै ‘टिम वेदबहादुर श्रेष्ठ’ ले जिल्लातर्फको पदाधिकारी तथा सदस्यहरूको सूची सार्वजनिक गरेको हो। टिममा वेदबहादुर श्रेष्ठ अध्यक्ष पदका उम्मेदवार रहेका छन्।
टिम अनुसार उपाध्यक्ष (जिल्ला/नगर) मा कृष्णकुमार गुप्ता र कोषाध्यक्षमा रुद्रबहादुर खत्री उम्मेदवार छन्। त्यस्तै सदस्यतर्फ कृष्णमुरारी न्यौपाने, जयप्रकाश श्रेष्ठ, विष्णु खनाल, राजुकुमार केंडल र राजन कार्की रहेका छन्।
टिमले पारदर्शी र उत्तरदायी वित्तीय प्रणाली स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो पक्षमा मतदान गर्न व्यवसायीहरूलाई अपिल गरेको छ।
एफएनसीसीआई बागमती प्रदेशको नेतृत्वका लागि विभिन्न समूहहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले आफ्ना एजेन्डा सार्वजनिक गर्ने क्रम पनि बढेको छ।

