भोलिदेखि एसईई परिक्षा सुरु, ५ लाख भन्दा बढी विद्यार्थी सहभागी हुँदै
काठमाडौं - यस वर्षको एसइइ परिक्षा भोली बिहीबारबाट सुरु हुँदैछ । यसवर्षको एसइइ परिक्षामा देशभरबाट ५ लाख भन्दा बढी विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी बोर्डले जनाएको छ । जसमध्य टेक्नीकलबाट १६ हजार ३१२ जनाले परिक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परिक्षा दिन लागेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजे ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा भएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०८२ १५:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

