Harsamaya
हवाई इन्धन प्रतिलिटर १२४ ले वृद्धि, पेट्रोलियम पदार्थ र ग्यासको मूल्य यथावत्
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । 

निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय २४ ले वृद्धि गरेको छ । साविकमा प्रतिलिटर एक सय २७ रहेको आन्तरिकतर्फको हवाई इन्धन अब वृद्धिपछि प्रतिलिटर दुई सय ५१ पुगेको छ ।

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर आठ सय १९ अमेरिकी डलर प्रतिकिलोलिटरले वृद्धि भएको छ । परिमार्जित मूल्य अनुसार काठमाडौँमा प्रतिलिकिलोटर नौ सय ६६ अमेरिकी डलर रहेकोमा बृद्धिपछि अब एक हजार सात सय ८५ अमेरिकी डलर पुगेको छ । 

अर्को मूल्य समायोजन नगर्दासम्म पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपनि साविकको मुद्रा मूल्य नै कायम राखिएको निगमले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update