Harsamaya
कांग्रेसको निर्वाचन समीक्षा अभियान सातै प्रदेशमा, तोकियो कमाण्डरहरू
नेपाली कांग्रेस ।

काठमाडौँ - नेपाली कांग्रेसले निर्वाचन समीक्षा र आगामी रणनीति तय गर्न सातै प्रदेशमा विस्तृत कार्यक्रम सञ्चालन गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यसमितिको चैत १० र ११ गते बसेको बैठकको निर्णयअनुसार १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूसँग समीक्षा छलफल र क्षेत्रगत अध्ययन गरिने जनाएको छ।

कार्यक्रमअन्तर्गत कोशी प्रदेशको विराटनगरमा चैत २३ गते, मधेश प्रदेशको जनकपुरमा चैत २५ गते, गण्डकी प्रदेशको पोखरामा चैत २७ गते र लुम्बिनी प्रदेशको दाङमा चैत २९ गते कार्यक्रम आयोजना गरिनेछ।

त्यसैगरी बागमती प्रदेशको हेटौडामा वैशाख ७ गते, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख ३ गते र सुदूरपश्चिम प्रदेशको कैलालीमा वैशाख ५ गते कार्यक्रम तय गरिएको छ।

प्रत्येक प्रदेशमा तोकिएका संयोजकको नेतृत्वमा कार्यक्रम सञ्चालन गरिनेछ। कोशी प्रदेशमा डा. डिला संग्रौला पन्त, मधेशमा फरमूल्लाह मंसुर, बागमतीमा बहादुर सिंह लामा, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा योगेन्द्र चौधरी, कर्णालीमा कर्णबहादुर बुढा र सुदूरपश्चिममा प्रकाश रसाइली स्नेही संयोजक तोकिएका छन्।

पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस नोटमा केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जिल्ला सभापति, क्षेत्रीय सभापति तथा उम्मेदवारहरूको सहभागितामा कार्यक्रम प्रभावकारी बनाइने उल्लेख गरिएको छ।

congress-1774959179.jpg

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update