Harsamaya
एकताका लागि उदयशमशेर राणाको आव्हान: ‘संवाद र विश्वासबाटै कांग्रेस बलियो हुन्छ’
नेपाली काँग्रेसका सह-महामन्त्री उदयशमशेर राणा ।

काठमाडौं  - नेपाली काँग्रेसका सह-महामन्त्री उदयशमशेर राणाले नेपाली कांग्रेसभित्र एकता, संवाद र आपसी विश्वास सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देशले चुनौतीपूर्ण मोड पार गर्दा नेपाली कांग्रेस सधैं एकता, संयम र प्रतिबद्धताका साथ अघि बढ्दै आएको उल्लेख गरेका छन्।

उनले लोकतान्त्रिक अभ्यासमा विचार र दृष्टिकोण फरक हुनु स्वाभाविक भए पनि त्यसलाई विभाजनको आधार बनाउन नहुने बताए। एक जिम्मेवार कार्यकर्ताको रूपमा उनले सबै नेता तथा कार्यकर्तालाई खुला संवाद गर्न, आपसी विश्वास बलियो बनाउन र पुनः एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।

राणाले पार्टीको एकताले मात्रै जनताको भरोसा बलियो बनाउने र देशलाई सही दिशातर्फ लैजान सक्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update