Harsamaya
सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलाको कति पुग्यो ?
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ६ हजार ७००  र चाँदी १४५ ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८४५ कायम भएको छ । 

हिजो सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७०० मा कारोबार भएको थियो । 

गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७२० कायम भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५६० र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update