Harsamaya
एकतामा जोड दिँदै प्रदीप पौडेलको आव्हान: ‘कांग्रेसले फेरि उज्यालो भविष्य निर्माण गर्नेछ’
नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेल ।

काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसभित्र एकताको आवश्यकता औंल्याउँदै सबै नेता–कार्यकर्तालाई एकजुट हुन आव्हान गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देशका हरेक संकटमा नेपाली कांग्रेस एकजुट रहँदै आएको उल्लेख गरेका छन्। सोही एकताको बलमा पार्टीले विगतमा ऐतिहासिक परिवर्तनको नेतृत्व गर्दै सफलता हासिल गरेको उनको भनाइ छ।

पौडेलले वर्तमान प्रतिकूल परिस्थितिमा पार्टीभित्र विभाजन हुन नहुने बताउँदै आफू महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ताका रूपमा एकताको पक्षमा उभिएको बताएका छन्।

उनले सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै यही एकताबाट कांग्रेसले फेरि उज्यालो भविष्य निर्माण गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update