Harsamaya
 लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु
लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा ।

काठमाडौं - लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन् ।

सांसद शर्मालाई आइतबार राति काठमाडौंको धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो ।

एमालेबाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ ।

प्रहरीले सांसद शर्मालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिले उद्धार गरेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update