पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्।
उनीलाई आज बिहान महाराजगन्जबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको हो। सीआइबीका एआइजी मनोज केसीका अनुसार खड्कालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको हो।
प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा खड्कामाथि आर्थिक अनियमिततासम्बन्धी आशंका रहेको जनाउँदै थप छानबिन अघि बढाइएको जनाएको छ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०८२ ०८:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

