कांग्रेसले गर्यो सानेपामा संसदीय सचेतना कार्यक्रम
काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूका लागि संसदीय सचेतना कार्यक्रम गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा सभापति गगन थापासहितका उपसभापति र महामन्त्रीहरू उपस्थित थिए ।
प्रतिनिधिसभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सांसद्हरुलाई संसदीय अभ्यास र पार्टीको रणनीतिबारे जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत १४, २०८२ १६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

