Harsamaya
पेट्रोल र डिजेल प्रतिलिटर १५ रुपैयाँ महँगियो
नेपाल आयल निगम । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ।

निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरिएको हो।

नयाँ मूल्य लागू भएसँगै उपभोक्ताले पेट्रोल, डिजेल तथा मट्टीतेल किन्न थप मूल्य तिर्नुपर्ने भएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि तथा आयात लागत बढेका कारण समायोजन गरिएको निगमले जनाएको छ।

लगातारको मूल्यवृद्धिले यातायात भाडादेखि दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर पर्ने देखिएको छ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update