कांग्रेसद्वारा संविधान संशोधन सुझाव समिति गठन‚ संयोजकमा उपसभापति भुसाल
काठमाडौं - नेपाली कांग्रेसले संविधान संशोधन सम्बन्धमा अध्ययन तथा सुझावका लागि विज्ञ समिति गठन गरेको छ । समिति संयोजकमा उपसभापति पुष्पा भुसाल चयन भएकी छन् ।
पार्टीको आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन सम्बन्धमा अध्ययन तथा सुझावका लागि विज्ञ समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिले सबै प्रदेश, क्षेत्र र तह, समुदायसँग संवाद गरी पार्टीको तर्फबाट धारणा बनाउने छ । र, त्यसअनुरूप पार्टीले साझा राष्ट्रिय धारणा निर्माणका लागि अन्य पक्ष, नागरिक समाज, विशेषज्ञहरू, राजनीतिक दलहरूसँग राष्ट्रिय संवादको पहलकदमी लिने केन्द्रीय समिति बैठकले निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: बुधबार, चैत ११, २०८२ २०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

