Harsamaya
कांग्रेस केन्द्रीय लेखा समिति संयोजकमा भरत कुमार शाह 
नेपाली कांग्रेसले पार्टी केन्द्रीय लेखा समिति संयोजकका भरत कुमार शाह ।

काठमाडौं - नेपाली कांग्रेसले पार्टी केन्द्रीय लेखा समिति संयोजकका भरत कुमार शाह चयन गरेको छ । आज सम्पन्न केन्द्रीय समिति बैठकलाई शाहलाई संयोजकमा चयन गर्ने निर्णय गरेको हो । 

पार्टी सभापति गगनकुमार थापाको प्रस्तावलाई निर्णायथ महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेकोमा केन्द्रीय समिति बैठकले पारित गरेको छ । उक्त प्रस्ताव पारित भएपश्चात् शाह समिति संयोजक चयन भएका हुन् ।  

प्रदेश र स्थानीय सरकारको प्रभावकारिताका अभिवृद्धिका लागि आवश्यक संयोजनको जिम्मा उपसभापति शर्मालाई नेपाली कांग्रेसले प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई दिने निर्णय गरेको छ । 

केन्द्रीय कार्यसमिति बैठकले बुधबार उपसभापति शर्मालाई प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।

एक नेताले दिएको जानकारी अनुसार प्रदेश सरकारमा निरन्तर रहने वा नरहने अथवा विगतका आलोपालोका सहमति कार्यान्वयनका विषयमा दृष्टीकोण निर्माणका लागि प्रदेश सभापतिको सहभागितामा आवश्यक अध्ययन, परामर्श र प्रस्ताव गर्न शर्माकै संयोजकत्वमा एक अलग समिति निर्माण गरिने छ ।  

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update