Harsamaya
१४ हजार ६ सयले बढ्यो सुनको मूल्य
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलमा १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको छ । मंगलबार ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update