Harsamaya
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने
नेपाली कांग्रेस ।

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जनाकारी दिए ।

यसअघि आइतबार बसेको बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update