धुलिखेल–खावा सडक कालोपत्र सुरु, सवारीसाधन सञ्चालन रोकियो
काभ्रेपलाञ्चोक - अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडकखण्डमा स्तरोन्नति कार्य सुरु गरिएको छ। सडक पक्की बनाउने कामका लागि चैत ७ देखि २० गतेसम्म राति ६ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार चार किलोमिटर सडकखण्डमध्ये २.५ किलोमिटर चैतभित्र र बाँकी वैशाखमा कालोपत्र गर्ने लक्ष्य राखिएको छ। रातिको समयमा सवारी रोकिए पनि टिपरलगायत मालवाहक सवारी भने उक्त अवधिभर पूर्ण रूपमा बन्द गरिएको छ।
करिब ३१ करोड ५६ लाख लागतमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरी सडक स्तरोन्नतिको काम अघि बढाइएको कार्यालयले जनाएको छ। उक्त सडक सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै चीनतर्फ जाने मुख्य मार्गका रूपमा प्रयोग हुँदै आएको छ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०८२ ०९:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

