Harsamaya
मौसममा हुन थाल्यो सुधार‚ वर्षा गराउने प्रणाली बाहिरिँदै
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - मौसममा सुधार हुन थालेको छ । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको हो।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँइन् । उनले शुक्रबार र आज बिहानको जस्तो वर्षा भने नहुने बताइन् । 

पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली भने रहने छ । अहिले नेपालको पूर्व क्षेत्रमा र अन्य क्षेत्रका कतैकतै हल्का वर्षा भइरहेको छ । यो पनि विस्तारै हट्ने उनको भनाइ छ । 

अहिलेको वर्षा गराउने प्रणाली बाहिरिए पनि घाम लाग्ने, फेरि बदली हुने क्रम भने प्रिमनसुनमा रहिरहने तर ठूलो र अलि लामो वर्षा भने तत्काल नहुने पोखरेलले जानकारी दिइन् । 

विभागको अभिलेख अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र मधेशप्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ ।

विभागको पछिल्लो २४ घण्टे विवरणमा पाल्पामा सबैभन्दा बढी ७५.८ मिलिमिटर वर्षा भएको छ । रुपन्देहीमा ७५.२, मोरङमा ६३.८ र धनकुटामा ६३.२, कपिलवस्तुमा ५९.६ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update