Harsamaya
आज विश्व हिमनदी दिवस मनाइँदै
आज विश्व हिमनदी दिवस ।

काठमाडौं - आज विश्व हिमनदी दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । हिमनदीको महत्त्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष २० मार्चमा मनाइन्छ ।

हिमनदी विश्वभरका करोडौँ मानिसका लागि पानीका आधारसमेत हुन् । पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्, जसले पानीको अभाव, समुद्री सतह वृद्धि तथा बाढी र पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम बढाइरहेको छ ।

पृथ्वीको पारिस्थितिक प्रणालीका लागि महत्त्वपूर्ण मानिने हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह सन्तुलनमा राख्न र जैविक विविधतालाई संरक्षण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update