नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते
काठमाडौं - नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने भएको छ । सङ्घीय संसद् सचिवालयले शुक्रबार सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते बिहीबार हुने जनाएको हो ।
शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने तय भएको छ । सांसदहरूलाई कार्यक्रम समय भन्दा दुई घण्टा चाँडै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ ।
साथै नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति सहित औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थित हुन भनिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२ ०७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

