Harsamaya
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
सांकेतिक तस्वीर; हर समय/Har samaya

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १६९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९७ रुपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ११ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ र ६८ पैसा र बिक्रीदर १०८ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ २७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ७४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४४ पैसा र बिक्रीदर २१ रुपैयाँ ५२  पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ५७  पैसा र बिक्रीदर ४० रुपैयाँ ७४  पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५० पैसा र बिक्रीदर चार रुपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर १० रुपैयाँ ९० पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८० पैसा तोकिएको छ ।

 राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४८२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ७७  पैसा रहेको छ ।

 भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।  

 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update