Harsamaya
रास्वपामा बालेन शाहलाई संसदीय दलको नेता बनाउने सहमति
रास्वपाका शीर्षस्थ नेताहरू ।

काठमाडौं - सात बुँदे पूर्वसहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने सहमति भएको छ।

बिहीबार साँझ शीर्षस्थ नेताहरूबीच भएको छलफलले शाहलाई संसदीय दलको नेता बनाउने सहमति गरेको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार उक्त निर्णय अनुमोदनका लागि चैत १२ गते केन्द्रीय समिति बैठक बस्नेछ। ‘बाँकी प्रक्रिया संसदीय दलको बैठकले अघि बढाउँछ,’ महामन्त्री बुर्लाकोटीले भने, ‘सर्वसम्मत सहमति भएपछि संसदीय दलको नेता बनाउन विधान संशोधन गर्न आवश्यक पर्दैन।’

यस्तै, प्रधानमन्त्री पदको शपथ चैत १३ गतेका लागि तय गरिएको भए पनि सरकार र राष्ट्रपति कार्यालय को तयारीमा भर पर्ने उनले बताए।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update