Harsamaya
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयामा कारोबार भएको थियो ।

यस्तै, चाँदीको पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update