Harsamaya
रास्वपाका नवनिर्वाचित सांसदकाे अभिमुखीकरण आजदेखि

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरु गर्दैछ ।

दुईदिने  अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्य प्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने छ ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छ बुँदे निर्देशन जारी गर्दै आह्वान गरिसकेका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update