Harsamaya
बैंकहरुमा आजदेखि नयाँ ब्याजदर लागू

काठमाडौं - चैत महिनाका लागि वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आजदेखि लागू हुने गरी प्रकाशन गरिएको ब्याजदरमा फागुन महिनाको तुलनामा अधिकतम औसत ब्याजदर घटेको छ ।

चैत महिनाका लागि बैंकहरुको ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत विन्दुमा झरेको छ । जबकि यस्तो ब्याजदर फागुन महिनामा व्यक्तिगतमा ४.५६ र संस्थागतमा ३.३३ प्रतिशत विन्दुमा थियो ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १४ वाणिज्य बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

ब्याजदर घटाउने बैंकहरुमा नेपाल बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंक छन् ।

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update