काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, समानुपातिक सांसद सिफारिस गर्ने
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्द सूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल र निर्णय हुनेछ।
केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरिएको छ। पार्टीले समानुपातिकतर्फ २० सिट पाउने भएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १, २०८२ ०६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

