बलेफीबाट ५७ वर्षीय पुरुष हराए, खोजीका लागि परिवारको अपिल
सिन्धुपाल्चोक - बलेफी गाउँपालिका–६, ब्वाँसे निवासी ५७ वर्षीय दावा तामाङ हराएका छन्।
परिवारका अनुसार उनी फागुन २९ गते बिहान करिब ६ बजे घरबाट गोठमा जान्छु भन्दै निस्किएका थिए। त्यसपछि उनी घर नफर्किएपछि परिवार र स्थानीयले आसपासका जंगल तथा बस्तीमा खोजतलास गरेका भए पनि हालसम्म कुनै सम्पर्क हुन सकेको छैन।
हराउँदा उनले निलो ट्रयाकसुट, कालो ज्याकेट, ढाका टोपी र जुत्ता लगाएको परिवारले जनाएको छ। गहुँगोरो वर्णका तामाङलाई देख्ने वा फेला पार्ने जो–कोहीलाई नजिकको प्रहरी चौकीमा जानकारी दिन वा परिवारको सम्पर्क नम्बर ९८४३१६८०६२ वा ९८६०२४६८७२ मा खबर गरिदिन आग्रह गरिएको छ।
परिवारले खोजी कार्यमा सहयोग गर्न सामाजिक सञ्जालमार्फत सूचना शेयर गरिदिन पनि सर्वसाधारणसँग अनुरोध गरेको छ।
प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२ २२:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

