Harsamaya
पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको आँखादान
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओली ।

काठमाडौं - पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।

परिवारका अनुसार उनको निधनपछि आफ्नै इच्छाअनुसार आँखादान गरिएको छ। जीवनकालमै व्यक्त गरेको इच्छालाई सम्मान गर्दै परिवारले उनको आँखा दान गरेको जनाएको छ।

मोहनप्रसाद ओली लामो समयदेखि वृद्धावस्थाका कारण अस्वस्थ रहँदै आएका थिए । उनको निधनपछि परिवार, आफन्त तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

आँखादानलाई मानव सेवाको महत्वपूर्ण कार्य मानिन्छ, जसबाट दृष्टिविहीन व्यक्तिहरूले पुनः दृष्टि प्राप्त गर्ने सम्भावना रहन्छ।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update