कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बस्ने भएको छ ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक चैत्र १ गते (आइतबार) दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हो ।
बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल गरिने बताइएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पनि दुलालले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२ १२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

