Harsamaya
ओलीका पिताको पार्थिव शरीर अस्पतालबाट निकालियो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर ।

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालिएको छ ।

केपी शर्मा ओली र पत्नी राधिका शाक्य अस्पताल पुगेपछि पार्थिव शरीर अस्पतालबाट निकालिएको हो ।

ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठठाघरस्थित अस्पतालमा निधन भएको थियो ।

उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update