काठमाडौं - इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री अहमद दुनियामालीले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको २०२६ को विश्वकपमा आफ्नो देश सहभागी हुन सक्ने अवस्थामा नरहेको बताएका हुन्।
पछिल्लो समय अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युपछि इरानको सहभागिता अन्योलमा परेको हो। यता फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेपछि ट्रम्पले इरानलाई विश्वकपमा स्वागत छ भनेको बताएका थिए।
इरानी मन्त्री दुनियामालीले अन्तर्वार्ता दिँदै आफ्नो देशको नेताको हत्या गर्ने भ्रष्ट सरकारको देशमा गएर खेल्ने कुनै परिस्थिति नरहेको भन्दै आफ्ना खेलाडीहरू त्यहाँ सुरक्षित नरहेको बताए ।
यो विश्वकप जुन ११ देखि सुरु हुँदै छ। इरानले जुन १५ मा न्युजिल्याण्ड, जुन २१ मा बेल्जियम र जुन २६ मा इजिप्टसँग खेल्नुपर्ने तालिका रहेको थियो ।

