Harsamaya
एमाले नेता कृष्ण थापाको हृदयघातका कारण निधन
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापा ।

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन भएको छ।

पार्टी बैठकमै बोल्ने क्रममा अचानक ढलेका थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। तर अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

थापाको निधनले गण्डकी प्रदेशको राजनीतिक क्षेत्रमा शोक छाएको छ। उनका सहकर्मी तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार बैठकका क्रममा बोलिरहेकै बेला थापा अचानक ढलेका थिए।

लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय थापाले २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन पोखरा उपमहानगरपालिकाको प्रमुखका रूपमा नेतृत्व गरेका थिए। त्यसपछि उनी गण्डकी प्रदेशसभा सदस्यसमेत बनेर प्रदेशस्तरको राजनीतिमा सक्रिय रहँदै आएका थिए।

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update