इनिशा विक मृत्यु प्रकरणमा दोषीलाई कडा भन्दा कडा कानुनी कारबाही होस् : शेखर कोइराला
काठमाडौं - नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सुर्खेत वीरेन्द्रनगरस्थित सामुदायिक जङ्गलमा १६ वर्षीय इनिशा विकमाथि बलात्कारपछि हत्या गरिएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले उक्त घटनाले स्तब्ध बनाएको बताउँदै दोषीलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
उनले लेखेका छन् ‘सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक जङ्गलमा १६ वर्षीय इनिशा विकमाथि भएको बलात्कारपछिको हत्याले अत्यन्तै स्तब्ध बनाएको छ । यो दर्दनाक र निन्दनीय घटनाको दोषीलाई कडा भन्दा कडा कानुनी कारबाही होस । कुनै पनि शक्तिको आड र बहानामा दोषीले उन्मुक्ति नपाओस’ ।
पूर्व सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिशाको फागुन २३ गते मृत्यु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२ ०८:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

